सुनको मूल्यमा भारी गिरावट, तोलामै दुई हजार सात सयले घट्यो 

नेपालभ्युज

सुनको मूल्यमा भारी गिरावट, तोलामै दुई हजार सात सयले घट्यो 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो ।

गत शुक्रबार प्रतितोला सुन एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved