प्रयागराजको महाकुम्भमा आगलागी, ७ पाल जले

नेपालभ्युज

प्रयागराजको महाकुम्भमा आगलागी, ७ पाल जले

काठमाडौं । प्रयागराजको महाकुम्भ मेलाको सेक्टर १९ स्थित एउटा आश्रममा शनिबार आगलागी भएको छ ।

सो घटनामा सात वटा पाल जलेर नष्ट भएका छन् भने कम्बल र खाद्यान्न लगायतका सामग्रीहरु पनि नष्ट भएको बताइएको छ ।

महाकुम्भमा दुई दिनअघि पनि दुई फरक शिविरमा आगलागी भएको थियो । प्रयागराजका एडीजी भानु भास्करका अनुसार आगलागीमा कुनै मानवीय क्षति भएको छैन र आगो अहिले नियन्त्रणमा छ।

“आगोलागीको जानकारी पाएपछि पाँच मिनेटभित्र दमकल र अन्य आपतकालीन सेवाहरू घटनास्थलमा पुगे,” भास्करले भने। “आधिकारिक रूपमा कुनै मानवीय क्षति भएको छैन, तर अनुसन्धान भइरहेको छ। आगो अहिले नियन्त्रणमा छ।”

उनका अनुसार आगो निभाउन धेरै दमकल प्रयोग गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved