इटहरी गोल्डकप : उद्घाटन खेलमा युनाइटेड खर्साङसँग आयोजक स्तब्ध

नेपालभ्युज

इटहरी गोल्डकप : उद्घाटन खेलमा युनाइटेड खर्साङसँग आयोजक स्तब्ध

इटहरी । १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड खर्साङ क्लबसँग आयोजक  राष्ट्रिय जागृति क्लब स्तब्ध बनेको छ ।

शनिवार इटहरी रङ्गशालामा सम्पन्न खेलमा युनाइटेड खर्साङ क्लब (यूकेएफसी) ले आयोजक जागृतिलाई २–१ गोल अन्तरले पराजित गरेको  हो ।

यूकेएफसीका तर्फबाट सत्यम शर्मा र हेमराज भुजेलले गोल गरेका थिए भने आयोजक टोलीका लागि विदेशी खेलाडी एलेक्सले गोल गरेका थिए । गत १४ औँ संस्करणमा यी दुई टोली क्वाटरफाइनल चरणमा आमनेसामने भएका थिए । जसमा   आयोजक टोलीले पेनाल्टी शुटआउटमा ५–४ गोल अन्तरले जित निकालेको थियो ।

१५ औँ संस्करणको उद्घाटन खेलमै यूकेएफसीले आयोजकलाई पराजित गर्दै अघिल्लो संस्करणको बदला लिन सफल भयो । यूकेएफसी इटहरी गोल्डकपमा तेस्रो पटक सहभागी भएको हो । आयोजक राष्ट्रिय जागृति क्लब अहिलेसम्म इटहरीमा आयोजित गोल्डकप प्रतियोगितामा सेमिफाइनल सम्म मात्र पुग्न सफल भएको छ ।

आइतबार हुने दोस्रो क्वाटरफाइनल खेलमा आइतबार साबिक विजेता सगरमाथा यूथ क्लब मोरङ र बुढासुब्बा गोल्डकप  विजेता एनआरटी क्लब काठमाडौंबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेतालाई नगद १० लाख रुपैयाँ र  उप-विजेतालाई पाँच लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । फागुन १० गतेसम्म चल्ने प्रतियोगितामा नेपालका सात तथा एक विदेशी टिम गरी आठ टोलीको सहभागिता रहको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved