अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य कीर्तिपुर अस्पतालमा भर्ना

नेपालभ्युज

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य कीर्तिपुर अस्पतालमा भर्ना
फाइल तस्वीर

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर लाई थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा भर्ना गरिएको छ ।

उपप्रधानमन्त्री पौडेलका प्रेस संयोजक भुवन केसीकाअनुसार पौडेल र आचार्यलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको हो ।

शनिबार पोखरा महानगरले आयोजना गरेको पोखरा भ्रमण वर्ष घोषणा समारोहलाई उद्घाटन गर्न पुगेका अर्थमन्त्री पौडेल बेलुन पड्किएर घाइते भएका थिए ।

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते भएका थिए ।

अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा लगिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ एम्बुलेन्सबाट लगिएको थियो ।

मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा क्षति पुगेको जनाइएको छ ।  महानगरप्रमुख आचार्यको अनुहार तथा गालामा क्षति पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved