बालुवाटारमा सत्तापक्षीय दलको बैठक : अध्यादेशलगायत विषयमा छलफल

नेपालभ्युज

बालुवाटारमा सत्तापक्षीय दलको बैठक : अध्यादेशलगायत विषयमा छलफल

काठमाडौं । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार दिउँसो जारी छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी छन् ।

बैठकमा सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै संविधान संशोधनका लागि कार्यदल बनाउने, उक्त कार्यदलले प्रदेश र जिल्लामा अन्तरक्रिया गर्ने लगायतका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।

जसमा प्रधानमन्त्री ओली, काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू बैठकमा सहभागी थिए ।

बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रता दिनेलगायत समसामयिक विषयमा छलफल भएको थियो ।
यसअघि यसै साता दुईपटक संयन्त्रको कार्यदल बैठक सम्पन्न भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved