ललितपुर सिटी एफसीले गर्‍यो सनिश र आदित्यलाई रिटेन

नेपालभ्युज

ललितपुर सिटी एफसीले गर्‍यो सनिश र आदित्यलाई रिटेन

काठमाडौं। नेपाल सुपर लिग एनएसएलको तेस्रो संस्करणका लागि ललितपुर सिटी एफसीले डिफेन्डर सनिश श्रेष्ठ र मिडफिल्डर आदित्य शाक्यलाई रिटेन गरेको छ।

शुक्रबार दुवै खेलाडीलाई रिटेन गरेको ललितपुर सिटी एफसीले जानकारी गराएको हो । गत सिजन ललितपुरलाई च्याम्पियन बनाउन यी दुई खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए।

नेपाल राष्ट्रिय टोलीकासमेत डिफेन्डर रहेका सनिशलाई ‘ए’ क्याटोगोरी र मिडफिल्डर आदित्यलाई ‘बी’ क्याटोगोरीमा रिटेन गरिएको हो।

गत संस्करण ललितपुरलाई च्याम्पियन बन्दा फाइनलमा आदित्य ‘म्यान अफ द म्याच’ भएका थिए। सो फमइनलमा ललितपुरले धनगढी एफसीलाई ३–२ ले पराजित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved