सुधार केन्द्रभित्र कुटपिटबाट एक युवकको मृत्यु, सञ्चालकसहित ७ जना पक्राउ

नेपालभ्युज

सुधार केन्द्रभित्र कुटपिटबाट एक युवकको मृत्यु, सञ्चालकसहित ७ जना पक्राउ

जनकपुरधाम । बारास्थित नवजन्म सुधार केन्द्रमा रहेका एक जनाको मृत्यु भएपछि सञ्चालक सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिवार राति सुधार केन्द्रभित्र राखिएका कलैया–९, रामपुरका ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले बताए । केन्द्रमा विवाद उत्पन्न भएर कुटपिट गर्दा महतोको मृत्यु भएको प्रहरीको भनाइ छ ।

महतोको मृत्यु भएपछि सुधारकेन्द्रका सञ्चालकसहित ७ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्फराज मन्सुरी, निरज सराफ, मो आँसु मिया शेख, अरुण सरार्फ, पर्मेश्वर साह, तमन्ना अलि र सागर गुप्ता रहेका छन् । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको एसपी तामाङले बताए ।

उनीहरूको कुटपिटबाट गम्भीर घाइते भएका महतोलाई राति नै उपचारका लाागि सुरुमा कलैयासिटी अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल लगिएको थियो । प्रादेशिक अस्पताल ले मृत्यु भएको घोषित गरेको थियो ।

अहिले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved