तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।

आज तोलामा ४०० रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाल सुन आज तोलामा १ लाख ७० हजार २०० रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार पनि सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको थियो ।

यस्तै आज पनि चाँदीको मूल्य बढेको छ । आज तोलामा ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।

चाँदी आज तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved