एनएसएलको तेस्रो संस्करणका लागि फागुन १० मा अक्सन

नेपालभ्युज

एनएसएलको तेस्रो संस्करणका लागि फागुन १० मा अक्सन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणका लागि यही फागुन १० गते अक्सन हुने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले दिएको जानकारीअनुसार आगामी मार्च २९ बाट सुरू हुने एनएसएलको तेस्रो संस्करणका लागि अक्सन हुन लागेको हो ।

यसपटक ७ वटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि एनएसएलको पहिलो संस्करणमा ७ र दोस्रो संस्करणमा ९ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । दोस्रो संस्करणमा खेलेका दुईवटा टिम स्पोर्टिङ इलाम र वीरगंज युनाइटेड यो संसकरणमा सहभागि नहुने भएका हुन् ।

तेस्रो संस्करणमा  काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र झापा एफसी खेल्नेछन् । झापा एफसी दोस्रो संस्करणमा थपिएको टिम हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved