बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सकियो, छिट्टै वितरण हुने

नेपालभ्युज

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सकियो, छिट्टै वितरण हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्ने  क्रममा बुधबार बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत कार्य सकिएको छ । 

काठमाडौंमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टामा मर्मत सम्पन्न भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए । 

उनले भने, “ अहिले बल्ल आएर मर्मत कार्य सकिएको र पानी परीक्षणको कार्य भइरहेको छ । परीक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्ने छौँ ।”

विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानी मन्त्री यादवले आरोप लगाएका छन् । 

प्राधिकरणले होरिजेन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि वरपरको क्षेत्र जलमग्न भएको थियो । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved