ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गरिएको रिटमा आदेश आउँदै

नेपालभ्युज

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गरिएको रिटमा आदेश आउँदै

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउनु नपर्ने निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ सकिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले नीतिगत निर्णय मात्रै गरेकाले मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सो निर्णय बदरको माग गर्दै २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना छ ।

रिटमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबी गर्दै भ्रष्टाचार मुद्दा चलाउन आदेशको माग गरिएको छ ।

अख्तियारले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमण प्रकरणमा २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले ललिता निवास प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय १० विरुद्ध भ्रष्टाचार र ६५ जनाविरुद्ध जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मुद्दा चलाएको थियो ।

ललिता निवासको २ सय ९९ रोपनीमध्ये १ सय ३६ रोपनी जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा दर्ता गरेको छानबिनले देखाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved