च्याम्पियन्स लिग

बायर्न म्युनिखको जित, सात पटकको विजेता एसी मिलान पराजित

नेपालभ्युज

बायर्न म्युनिखको जित, सात पटकको विजेता एसी मिलान पराजित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बिहीबार बिहान चारवटा खेल भए । अन्तिम १६ का लागि भएको प्लेअफमा मिश्रित नतिजा आएका छन् ।

जर्मन क्लब बायर्न म्युनिख विजयी हुँदा सात पटकको विजेता इटालियन क्लब एसी मिलान भने पराजित भएको छ ।

बायर्नले घरेलु टोली सेल्टिकलाई २–१ गोलअन्तरले पराजित गरेको छ । बायर्नको जितमा मिचेल ओलिसे र ह्यारी केनले गोल गरे भने स्कटिस क्लब सेल्टिकका लागि डाइजन भाइडाले सान्त्वना गोल फर्काए ।

यस जितसँगै बायर्नले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । फेब्रुअरी १९ मा घरेलु मैदानमा हुने दोस्रो लेगमा यही नजिता कायम राखे ६ पटकको विजेता बायर्न अन्तिम १६ मा पुग्नेछ ।

बिहीबार बिहान नै भएको खेलमा मिलान डच क्लब फेयनुडसँग १–० गोलअन्तरले पराजित भयो । फेयनुडको जितमा इगोर पाइछाऊले निर्णायक गोल गरेका हुन् । अब अन्तिम १६ मा स्थान बनाउन मिलानले घरेलु मैदानमा हुने दोस्रो लेगमा नतिजा उल्टाउनु पर्नेछ ।

अन्य खेलहरूमा बेल्जियन टोली क्लब ब्रागाले इटालियन क्लब एटलान्टालाई २–१ तथा पोर्चुगिज क्लब बेन्फिकाले फ्रेन्च क्लब मोनाकोलाई १–० ले हराए ।

अग्रता जोगाउन नसक्दा सिटी रियलसँग पराजित, पीएसजीलगायत अन्य ठूला टोलीको जित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved