रोकियो बबरमहलमा पाइप फुटेर निस्केको पानी

नेपालभ्युज

रोकियो बबरमहलमा पाइप फुटेर निस्केको पानी

काठमाडौं । बबरमहलस्थित जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा निस्केको पानी रोकिएको छ ।

विद्युत् प्राधिकरणको तार भूमिगत गर्दा साढे २ बजे पाइप फुटेपछि निस्केको पानी साढे ६ बजे पछि मात्रै रोकिएको हो ।

उक्त पाइपमा आउने पानीको मुख्य ट्यांकीहरू बन्द गरेपछि पानी रोकिएको बताइएको छ ।

पानीले बबरमहल क्षेत्रमा सवारी आवागमनससेत प्रभावित भएको थियो । उक्त पानी वन परिसर, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा पसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved