काठमाडौं । अभिनेता विजय बरालको निर्माण र अभिनेत्री पशुपति राईको परिकल्पना तथा निर्देशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ आगामी फागुन ९ देखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ ।
किरात लोककथाकी महिला पात्र ‘लेम्लेम्मा’को माध्यमबाट मिथकीय कथामा महिलालाई कसरी प्रस्तुत गरिएको छ भन्ने देखाउन खोजिएको छ ।
निर्देशक राईकाअनुसार ‘लेम्लेम्मा’ वनमान्छे हुन् भन्ने किराती समुदायमा विश्वास रहँदै आएको छ ।
मिल्सन राईको लेखनमा मण्डला थिएटरकै प्रस्तुतिमा निर्माण हुन लागेको नाटकमा थिन्ले ल्याम्बो, रोशनी स्याङबो, बलबहादुर राई, रमिला मोक्तान, युवाहाङ राईलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
चैत ३ सम्म मञ्चन हुने यस नाटकको सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५:३० बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त सो मञ्चन हुने थिएटरले जनाएको छ ।
Facebook Comment
Comment