च्याम्पियन्स ट्रफी : स्टार्क, बुमराहसहित यी स्टार खेलाडी नखेल्ने

नेपालभ्युज

च्याम्पियन्स ट्रफी : स्टार्क, बुमराहसहित यी स्टार खेलाडी नखेल्ने

काठमाडौं । च्याम्पियन्स ट्रफी २०२५ फेब्रुअरी १९ देखि सुरु हुँदैछ ।

सहभागी हुने टोलीहरू तयारीमा व्यस्त छन्, तर सबैभन्दा बढी चर्चा भारत र अष्ट्रेलियाको छ । त्यसको कारण हो, केही स्टार बलरहरुले यो प्रतियोगिता नखेल्ने भएका छन् ।

जसमा भारतका फास्ट बलर जसप्रीत बुमराहदेखि अस्ट्रेलियाका मिचेल स्टार्कसम्म छन् । एक वा दुई होइन, ६ स्टार फास्ट बलर यस मेगा इभेन्टबाट बाहिरिने भएका छन् ।

बोर्डर गावस्कर ट्रफीको अन्तिम टेस्टमा बुमराहलाई ढाडको समस्या भएको थियो । जसका कारण इङ्ल्यान्ड विरुद्धको एकदिवसीय शृङ्खलापछि च्याम्पियन्स ट्रफीबाट पनि उनी बाहिरिएका छन् । उनको स्थानमा हर्षित रानालाई च्याम्पियन्स ट्रफीको टोलीमा समावेश गरिएको छ ।

अस्ट्रेलियाली टोली भन्नेबित्तिकै दिमागमा आउने पहिलो नाम हो, च्याम्पियन कप्तान प्याट कमिन्स । उनी चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् ।

यसबाहेक मिचेल स्टार्कले व्यक्तिगत कारणले गर्दा प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन् । यसैबीच स्टार बलर जोश हेजलवुड पनि चोटका कारण च्याम्पियन्स ट्रफीमा टोलीको हिस्सा बनेका छैनन् ।

यी तीन दिग्गज खेलाडीहरूबाहेक मार्कस स्टोइनिस र क्यामरुन ग्रिनले पनि मेगा इभेन्ट खेल्ने छैनन् ।

यी प्रिमियम पेसरहरूबाहेक पाकिस्तानका स्टार बलर हरिस रौफ पनि चोटका कारण च्याम्पियन्स ट्रफीको हिस्सा हुने छैनन् ।

न्युजिल्याण्ड विरुद्धको त्रिकोणीय शृङ्खलामा उनको मांसपेशीमा समस्या आएको थियो । साथै, अफ्रिकाका एनरिक नोर्किया पनि च्याम्पियन्स ट्रफीको हिस्सा हुने छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved