नेसपा (नयाँ शक्ति) को मतदान सुरु

नेपालभ्युज

नेसपा (नयाँ शक्ति) को मतदान सुरु

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

काठमाडौंमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय समिति सदस्य चयनका लागि मतदान सुरु भएको  नेता मानुषी यमी भट्टराईले जानकारी दिइन् ।

माघ २७ गते प्रज्ञा भवनमा सुरु भएको महाधिवेशनबाट दुई उपाध्यक्ष, एक कोषाध्यक्षसहित केही केन्द्रीय सदस्य निर्विरोध चयन भइसकेका छन्।  महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्षमा डा बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुँदैछ । महाधिवेशनमार्फत ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने नेसपाले जनाएको छ।

यो पनि पढ्नुहोस :

नेसपा (नयाँ शक्ति) : अध्यक्षमा बाबुरामलाई नेत्रको चुनौती (उम्मेदवारको अन्तिम नामावलीसहित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved