बालश्रमिक राख्ने एमाले सांसदविरुद्ध मुद्दा नचल्ने भएपछि बालेनले भने – समय आउनेछ

नेपालभ्युज

बालश्रमिक राख्ने एमाले सांसदविरुद्ध मुद्दा नचल्ने भएपछि बालेनले भने – समय आउनेछ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रदेश सांसदको घरमा बालश्रमिकको रुपमा बसेकी बालिकालाई ‘नआत्तिनु’ भनेका छन् ।

बालश्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेपछि बालेनले यस्तो भनेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउँनेछ । यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’

६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी ती बालिकालाई महानगरपालिकाको कार्यदलले उद्दार गरी संरक्षण गृहमा राखेको थियो ।

बालिकाको उद्दारका क्रममा महानगरपालिकाको नगर प्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए । सोही आधारमा मुद्दा चलाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved