भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णय

नेपालभ्युज

भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मङ्गलबार बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रियसभा दुवैमा उक्त अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

पार्टीले भूमिसम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।सरकारले ल्याएका अन्य ५ वटा अध्यादेशमा भने जसपा नेपालले समर्थन गर्ने भएको छ ।

जसपा नेपाल विपक्षमा उभिएपछि सरकारले ल्याएको भूमि अध्यादेश पारित नहुने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved