सुनको भाउ १ लाख ७० हजार नाघ्यो

नेपालभ्युज

सुनको भाउ १ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको हो ।

आज सुन तोलामा १ लाख ७० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा १ हजार ४ सय र आइतबार १ सय रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ३० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved