काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आज (मङ्गलबार) नयाँ नेतृत्व चयन गर्दैछ ।
काठमाडौंमा आइतबारदेखि सुरु भएको महाधिवेशनअन्तर्गत आज महाधिवेशनबाट नेतृत्व चयन गर्न लागिएको हो ।
अध्यक्षमा संयोजक डा बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता भएको छ ।
अध्यक्षसहित ९९ सदस्यीय कार्यसमिति चयनका लागि आज दिउँसो ३ बजेदेखि मतदान सुरु गर्ने तयारी नेकपा नयाँ शक्तिको छ ।

अध्यक्षका उम्मेदवार भट्टराई पूर्वप्रधानमन्त्री तथा पूर्वमाओवादी नेता हुन् भने चापागाईं पार्टीका संस्थापक सदस्य हुन् । उनी अन्नपूर्ण गाउँपालिका–६ कास्कीका हुन् ।
यसैबीच पार्टीको उपाध्यक्ष पदमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् । समावेशीअन्तर्गत मानुषी महिला र दूर्गा दलित क्लटरबाट निर्वाचित भएका हुन् ।
महिला उपाध्यक्षमा मानुषीको र दलित उपाध्यक्षमा दुर्गाको एकल उम्मेदवारी परेको थियो ।
Facebook Comment
Comment