प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

नेपालभ्युज

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मङ्गलबार) पनि बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण विधेयक २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।

भ्रष्टाचार निवारण विधेयक २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची छ ।

यस्तै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी विधेयक २०८१ लाई प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

यसअघि संसद् बैठक आइतबार र सोमबार पनि बसेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved