माओवादीले स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला गर्ने

नेपालभ्युज

माओवादीले स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला बोलाएको छ ।

फागुन १० गते काठमाडौंमा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।

माओवादीका अनुसार पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीतिअनुसार प्रशिक्षित गराउने उद्देश्यले भेला गर्न लागिएको हो ।

भेलामा पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको सहभागिता रहने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved