सुप्रिम सहकारी ठगी प्रकरणमा छविलाललाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

नेपालभ्युज

सुप्रिम सहकारी ठगी प्रकरणमा छविलाललाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको  छ ।

रुपन्देही जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको एकल इजलासले बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा  पूर्व डीआईजी  जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

आजै रुपन्देही अदालतमा हाजिर भएका जोशीलाई पछि ठहरे बमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको अदालत स्रोतले जानकारी दिएको छ ।

सोही प्रकरणमा  रास्वपा सभापति रवि लामिछानेलाई यसअघि रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर तारिखमा छाडेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved