बालेनमाथि सांसद सिंहको टिप्पणी – जर्मनीको हिटलर र इटलीको मुसोलिनीको याद आइरहेको छ

नेपालभ्युज

बालेनमाथि सांसद सिंहको टिप्पणी – जर्मनीको हिटलर र इटलीको मुसोलिनीको याद आइरहेको छ

काठमाडौं । प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का गतिविधिले जर्मनीको हिटलर, इटलीको मुसोलिनीको याद आएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद सिंहले कवाडीमाथि डोजर चलाएर मेयर शाहले नाजीवादी शैलीमा गरिब र विपन्नहरूमाथि अन्याय गरिरहेको टिप्पणी गरेका हुन् ।

‘काठमाडौं महानगरका मेयरले हिटलरको शैलीमा दिनदहाडै कवाडीमाथि डोजर चलाएर गरिब मजदुरलाई घाइते बनाएका छन् । जर्मनीमा लोकतान्त्रिक प्रक्रियाबाटै नाजीवादको उदय भएजस्तै मेयर शाह तानाशाह बनेर निस्किएका छन्,’ उनले भने, ‘बालेनको गतिविधिले जर्मनीको हिटलर, इटलीको मुसोलिनीको याद आएको छ ।’

यो देशमा न्याय र कानुन मरेको भन्दै सांसद सिंहले संघीय सरकारलाई मिचिएको अधिकार जोगाउन आग्रह गरे । ‘यो देश बहुभाषिक, बहुधार्मिक हो र हरेक तप्काका नेपालीलाई एक ठाउँबाट अर्को ठाउँमा जाने, बस्ने र बोल्ने अधिकार संविधानले दिएको छ । अहिले यो अधिकार मिचिएको छ,’ सांसद सिंहले भने।

सांसद सिंहले काठमाडौं सबै नेपालीको राजधानी भएको भन्दै आँट भए संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्रीनिवास र राष्ट्रपति कार्यालय शीतलनिवास भत्काएर देखाउन चुनौती दिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved