प्रचण्डको आरोप – ओली संविधान खारेज गर्ने पक्षमा छन्

नेपालभ्युज

प्रचण्डको आरोप – ओली संविधान खारेज गर्ने पक्षमा छन्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली संविधान खारेज गर्ने पक्षमा रहेको आरोप लगाएका छन् ।

सोमबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मुलुकमा प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएका हुन् ।

विगतमा दुई–दुई पटक संसद् विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजीको प्रयास भएको उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री प्रचण्डले देश र जनताको आवश्यकताका आधारमा आफूले संविधान संशोधनको प्रस्ताव लैजादा ओलीले नै रोकेको जिकिर गरे । मधेसमा भएका दलको मागअनुसार यसअघि पनि आफूले संविधान संशोधनको प्रयास गरेको उनले बताए ।

प्रचण्डले आफ्नो मुद्दा छाडेर जसपा नेपालले अध्यादेशलाई समर्थन नगर्ने र सरकारमा नजाने विश्वास पनि व्यक्त गरे । अहिलको सरकार सुशासनको विरुद्ध चलेको अभियान रोक्नका लागि बनेको आरोप लगाउँदै उनले सरकारबाट राम्रा कुराको आशा गर्न नसकिने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved