एआईजी रवीन्द्र केसीले दिए राजीनामा

नेपालभ्युज

एआईजी रवीन्द्र केसीले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् ।

आउँदो चैत ५ गतेसम्म सेवा अवधि रहेका उनले करिब ४० दिन अगावै राजीनामापत्र बुझाएका हुन् ।

उनको राजीनामापत्र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ र स्वीकृत गरेपछि उनी अवकाशमा जानेछन् ।

प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत उनलाई गत २६ पुसको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved