तेस्रो रिभेरा तेक्वान्दो प्रतियोगिता : उपाधि रिभेरा र डाफोडिललाई

नेपालभ्युज

तेस्रो रिभेरा तेक्वान्दो प्रतियोगिता : उपाधि रिभेरा र डाफोडिललाई

काठमाडौं । तेस्रो रिभेरा तेक्वान्दो प्रतियोगिताको उपाधि आयोजक रिभेरा इन्टरनेशनल एकेडेमी र डाफोडिलले जितेको छ ।

रिभेरा ग्योरोगी तेक्वान्दो तथा डाफोडिल पुम्सेमा च्याम्पियन बनेको हो । शनिबार भएको प्रतियोगितामा रिभेराले ५ स्वर्ण, २ रजत र ५ कास्यपदक जित्यो । ५ स्वर्ण, १ रजत र १ कास्यपदक साथ डाफोडिल दोस्रो तथा २ स्वर्ण, १ रजत र ३ कास्यपदक साथ इन्साइट भिजन तेस्रो भएको छ ।

पुम्सेमा च्याम्पियन बनेको डाफोडिलले ३ स्वर्ण र ४ कास्यपदक प्राप्त गर्‍यो ।  १ स्वर्ण, २ रजत र १ कास्यसाथ रिभेरा दोस्रो तथा १ स्वर्ण, १ रजत र ४ कास्यसाथ श्रृष्टि तेस्रो बने ।

प्रतियोगिताको पुरुषमा इन्साइट भिजनका सजिद हुसैन तथा महिलामा हिमशिखरकी सुहाना श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले ३ हजार नगद पुरस्कारसहित ट्रफी प्राप्त गरेका छन् । नेपाल एभरेष्ट स्कुलले अनुशासित टिमको उपाधि हासिल गर्‍यो ।

विजेतालाई काठमाडौं महानगरपालिका-८ का अध्यक्ष आशामान संगत, काठमाडौं जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गी, रिभेराका प्रिन्सिपल प्रज्ज्वल कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

एकदिने प्रतियोगितामा १८ टिमका २ सय २४ खेलाडी सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved