ब्रेकअपको सामना कसरी गर्ने ? यसो भन्छन् सलमान

नेपालभ्युज

ब्रेकअपको सामना कसरी गर्ने ? यसो भन्छन् सलमान

काठमाडौं । बलिउड अभिनेता सलमान खानले ब्रेकअपको सामना कसरी गर्ने भन्ने बारेमा सल्लाह दिएका छन् ।

उनी भन्छन्, “ब्रेकअपको पीडा लामो समयसम्म बस्नुहुँदैन । बरु रुँदै त्यो पीडा हटाएर अगाडि बढ्नुपर्छ ।”

हालै सलमान पहिलो पटक आफ्नो भतिजा अरहानको पोडकास्टमा देखिएका थिए । उनले भने, “यदि प्रेमिकासँग सम्बन्ध टुटेको छ भने उसलाई जान देऊ । यी कुराहरूबाट छिटो बाहिर निस्कनुपर्छ । यसको लागि एउटा कोठा भित्र जानुपर्छ, राम्ररी रुनुपर्छ  ।”

कुराकानीको क्रममा सलमानले विश्वासघातको सामना गर्ने बारेमा सल्लाह पनि दिए । साथै, उनले सम्बन्धमा आफूले गल्ती गरेको महसुस भए तुरुन्तै माफी माग्न पनि सल्लाह दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved