नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट बस खस्यो : २३ जना घाइते

नेपालभ्युज

नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट बस खस्यो : २३ जना घाइते

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ मध्ये २३ जना घाइते भएको जानकारी दिएकी हुन् ।

उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved