आगलागीबारे खानेपानी मन्त्रालयले भन्यो – महत्त्वपूर्ण कागजातमा क्षति भएन

नेपालभ्युज

आगलागीबारे खानेपानी मन्त्रालयले भन्यो – महत्त्वपूर्ण कागजातमा क्षति भएन

काठमाडौं । खानेपानी मन्त्रालयले शनिबार सिंहदरबारस्थित मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ ।

मन्त्रालयका उपसचिव भक्तराज जोशीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आगलागीबाट मन्त्रालयका अतिआवश्यक कागजातमा कुनै क्षति नभएको दाबी गरेका छन् ।

आगलागीपश्चात् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, खानेपानी मन्त्री प्रदीप यादव तथा मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा सुरक्षा निकायका प्रमुखबाट घटनाको स्थलगत निरीक्षण गरी क्षतिबारे जानकारी लिएका थिए ।

घटनाको जानकारी पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी तथा बारुणयन्त्र (दमकल)को सहायतामा करिब १५ मिनेटमा उक्त आगलागी नियन्त्रणमा आएको विज्ञप्तिमा उल्लेख छ ।

आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको उल्लेख गर्दै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

सिंहदरबारभित्रै मन्त्रालयमा आगलागी हुनुलाई शंकास्पद रुपमा हेरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved