एनआरटीले हात पार्‍यो बुढासुब्बा गोल्डकपको उपाधि

नेपालभ्युज

एनआरटीले हात पार्‍यो बुढासुब्बा गोल्डकपको उपाधि

काठमाडौं । बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम (एनआरटी) ले हात पारेको छ। शनिबार धरानमा शनिबार सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि हात पारेको हो।

खेलको २४ मिनेटमा चर्च ब्वाइजका लागि अनन्त तामाङले  फ्रिकिक मार्फत गोल गरेका थिए।

यस्तै, २७ औँ मिनेटमा एनआरटीका लागि हेनरी एडिसे पोकोले गोल गर्दै खेललाई बराबरको अवस्थामा पुर्‍याए ।  पहिलो हाफ १–१ को बराबरीमा टुङ्गिएको थियो। खेलको ५८ मिनेटमा एनआरटीकै पोकोले अर्को गोल गर्दै जित सुनिश्चित गरेका हुन्।  योसँगै एनआरटीले तेस्रोपटक बुढासुब्बा गोल्डकपको उपाधि चुमेको हो ।

एनआरटीका हेनरी पोकोले  म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडीका रुपमा एनआरटीका शिशिर लेखीले नगद एक लाख पुरस्कार पाए ।

चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्माण्ड भिदोङ सर्वाधिक गोलकर्ता घोषित भए।  उनीहरूले नगद ३५ हजार पुरस्कार पाए ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एनआरटीका प्रमिजय गच्छदार, उत्कृष्ट प्रशिक्षक एनआरटीका हरिओम श्रेष्ठ, उत्कृष्ट फरवार्ड चर्च ब्वाइजका समीर तामाङ, उत्कृष्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए। उनीहरूले जनही नगद २५ हजार पुरस्कार पाए  ।

खेलको विजेता टिम एनआरटीले नगद १० लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता चर्च ब्वाइजले पाँच लाखमा चित्त बुझायो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved