दिल्ली विधानसभा चुनाव : यस्तो छ पछिल्लो मतपरिणाम

नेपालभ्युज

दिल्ली विधानसभा चुनाव : यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणनाको प्रारम्भिक नतिजा थालेको छ ।

भारतको निर्वाचन आयोगकाअनुसार भाजपा हाल ४३ सिटमा अगाडि छ । आम आदमी पार्टी भने २७ सिटमा अगाडि रहेको छ ।

नयाँ दिल्ली विधानसभा सिटमा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र भाजपाका प्रवेश वर्माबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

पछिल्लो अपडेटअनुसार वर्मा फेरि अगाडि लागेका छन् । उनी केजरीवालभन्दा २३८ मतले अगाडि लागेका हुन् ।

हाल दिल्लीमा आतिशीको नेतृत्वमा आम आदमी पार्टीको सरकार छ । उनी हाल कालकाजी सिटमा भाजपाका रमेश बिधुरीभन्दा पछाडि छिन् ।

करावल नगर सिटबाट भाजपा उम्मेदवार कपिल मिश्रा अगाडि छन् ।

दिल्लीमा ७० विधानसभा सिट छ र कुनै पनि दललाई सरकार बनाउन ३६ सिट चाहिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved