एसियाली एम्प्युटी फुटबलमा नेपालले उज्वेकिस्तानसँग खेल्दै

नेपालभ्युज

एसियाली एम्प्युटी फुटबलमा नेपालले उज्वेकिस्तानसँग खेल्दै

काठमाडौं । एसियाली एम्प्युटी फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा शनिबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

शुक्रबारदेखि सुरु भएको एसियन एम्प्युटी फुटबल च्याम्पियनसिप २०२५ बङ्गलादेशको ढाकामा नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो । खेल ११:३० बजेदेखि सुरु हुँदैछ ।

माघ २७ गते नेपालले दोस्रो खेल बङ्गलादेशसँग बिहान ११ः३० बजे प्रतिस्पर्धा गर्नेछ ।

नेपाल माघ २८ गते तेस्रो खेलमा दिउँसो ३ बजे इराकसँग भिड्ने छ । २९ गते आफ्नो अन्तिम खेलमा नेपालले दिउँसो ३ बजे इन्डोनेसियासँग खेल्ने छ ।

प्रतियोगितामा प्रतिस्पर्धा गर्न १३ पुरूष खेलाडी ७ अफिसियल सहित २० सदस्यीय नेपाली टोली माघ २२ गते बङ्गलादेश गएको थियो ।

खेलाडीमा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुङ्गाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदिप चापागाईं, राज पौडेल र प्रकाश सिंह रहेका छन् ।

प्रशिक्षकमा चत्रबहादुर तामाङ, व्यवस्थापकमा मदनमान सिंह रोकाया तथा अफिसियलमा कल्पना खड्का, श्यामबहादुर रावल, प्रकाश चिलुवाल, सुरेश थापा र विपिन पौडेल छन् ।

फेब्रुअरी ५ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बङ्गलादेश, इरान, इराक र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहने छ ।

एम्प्युटी फुटबल शारीरिक अपाङ्गता एउटा खुट्टा नभएका र एउटा हात नभएका खेलाडीहरूले खेल्ने खेल हो । एम्प्युटी खेलकुद समाज नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved