काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत् सेवा अवरुद्ध हुँदै

नेपालभ्युज

काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत् सेवा अवरुद्ध हुँदै
सांकेतिक तस्वीर ।

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज (शनिबार) विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

बलम्बु वितरण केन्द्रका दुईवटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा फिडर अन्तर्गतका क्षेत्रमा आज बिहान र बेलुका विद्युत् अवरुद्ध हुनेछ ।

मातातीर्थ फिडरअन्तर्गत पर्ने मातातीर्थ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म बिजुली कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यस क्षेत्रमा सडक चौडा पार्ने काम र नयाँ ट्रान्सफर्मर निर्माणका कारण एक घण्टा बिजुली आपूर्ति अवरुद्ध हुनेछ ।

बलम्बु वितरण केन्द्रको सतुङ्गल फिडरअन्तर्गत कञ्चन गेट, बोसिगौ, बौथली, सतुङ्गल चोक क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

यहाँका सडक चौडा गर्ने र नयाँ ट्रान्सफर्मर पोस्ट निर्माण गर्ने कामका लागि फिडर बन्द राख्नु परेको बताइएको छ ।

यस्तै जोरपाटी वितरण केन्द्रको मूलपानी फिडरअन्तर्गत मूलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवधारा, मनकामना माई मन्दिर, मूलपानी खहरे, दुमाखाल, बाबाचोकजस्ता क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म विद्युत् कटौती हुनेछ ।

त्यहाँ आवश्यक कामका लागि फिडर बन्द राख्नुपर्ने भएकाले बिजुली आपूर्ति बन्द गर्न लागिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved