ट्रम्पलाई अदालतबाट पहिलो झट्का, यूएसएडका कर्मचारीलाई बिदा दिने आदेशमा लाग्यो रोक

नेपालभ्युज

ट्रम्पलाई अदालतबाट पहिलो झट्का, यूएसएडका कर्मचारीलाई बिदा दिने आदेशमा लाग्यो रोक

काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतबाट पहिलो झट्का लागेको छ ।

यूएसएडका कर्मचारीलाई बिदामा राख्ने ट्रम्पको योजनालाई एक न्यायाधीशले अस्थायीरूपमा रोक लगाएका हुन् ।

यो योजना कार्यान्वयनको केही घण्टा अगाडि न्यायाधीश कार्ल निकोलसले अस्थायी प्रतिबन्ध आदेश जारी गरेका हुन् ।

बीबीसीकाअनुसार यस्तो आदेश दिने न्यायाधीशलाई ट्रम्प आफैँले अघिल्लो कार्यकालमा मनोनीत गरेका थिए ।

ट्रम्पले शुक्रबार मध्यरातदेखि यूएसएडका २२ सय कर्मचारीलाई बिदामा राख्ने घोषणा सुनाएका थिए । त्यसविरुद्ध कर्मचारी युनियनले मुद्दा दायर गरेका थिए ।

राष्ट्रपति ट्रम्पले संसारभर सहयोग कार्यक्रम सञ्चालन गरिरहेको यूएसएड बन्द गर्ने आदेश जारी गरिसकेका छन् ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा मनोनीत गरेका न्यायाधीश निकोलसले यसबारेको लिखित आदेश पछि जारी गरिने बताएका छन् ।

कानुनी कारबाहीले एजेन्सीलाई भत्काउने प्रयास गरेर राष्ट्रपतिले अमेरिकी संविधान र सङ्घीय कानुनको उल्लङ्घन गरेको मुद्दाका वादी वकिलले तर्क गरेका थिए ।

उनीहरूले सङ्घीय विधान अनुसार, संसद्ले मात्रै कानुनी रूपमा कुनै पनि एजेन्सी भत्काउन सक्ने पनि बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved