मदन राईलाई साढे दुई वर्ष कैद सजाय

नेपालभ्युज

मदन राईलाई साढे दुई वर्ष कैद सजाय

काठमाडौं । आफूलाई कृषिविज्ञ बताउने मदन राईलाई साढे दुई वर्षको जेल सजाय सुनाइएको छ ।

बालयौन दुरूपयोगमा दोषी ठहर भएका राईलाई शुक्रबार जिल्ला अदालत खोटाङले सजाय तोकेको हो ।

साथै, एक लाख रुपैयाँ जरिवाना र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन पनि अदालतले आदेश दिएको छ ।

न्यायाधीश नारायणप्रसाद दाहालको एकल इजलासले यही माघ १० गते ७५ वर्षीय राईलाई दोषी ठहर गरेको थियो ।

शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राईले सोही फाउन्डेसनमा अध्ययनरत बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved