नेविसङ्घ नेताले केयूका विद्यार्थीलाई धम्काएको आरोप

नेपालभ्युज

नेविसङ्घ नेताले केयूका विद्यार्थीलाई धम्काएको आरोप

काठमाडौं । काठमाडौं विश्वविद्यालयअन्तर्गत कानुन पढाइ हुने ‘केयू स्कुल अफ ल’मा अध्ययनरत विद्यार्थीहरूले काङ्गेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का नेताहरूले आफूलाई धम्काएको आरोप लगाएका छन् ।

नेविसङ्घका सदस्यहरू प्रशासनको अनुमति बिना नै क्याम्पसभित्र प्रवेश गरी कक्षा कोठासम्म पुगेर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई बाहिर बोलाएर धम्काएको आरोप उनीहरूको छ ।

काठमाडौं विश्वविद्यालयको स्कूल अफ लमा अध्ययनरत विधार्थी अङ्कित झाले आफूलाई ज्यान मार्ने धम्कीसमेत आएको बताएका छन् ।

“हामी कक्षामा अध्ययन गरिरहेका थियौँ । अचानक केही व्यक्तिहरू आएर मलाई बाहिर बोलाउन थाले । जब मैले अस्वीकार गरेँ, उनीहरूले ज्यान मार्ने धम्की दिए।,” झाले भने ।

यद्यपि, हालसम्म विश्वविद्यालय प्रशासनले घटनाबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved