नेपालले थाइल्याण्डलाई दियो ८२ रनको लक्ष्य

नेपालभ्युज

नेपालले थाइल्याण्डलाई दियो ८२ रनको लक्ष्य

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले थाइल्याण्डलाई ८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा ८१ रन बनाएको हो ।

नेपालका लागि सम्झना खड्काले १७ रन बनाइन् । राजमती ऐरी ११ रनमा अविजित रहिन् । कविता जोशीले १४ र कप्तान इन्दु बर्माले १० रन बनाइन् ।

थाइल्याण्डका लागि ओनिच्चा चोम्फुले ३ विकेट लिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved