चिकित्सा शिक्षा स्नातकोत्तरको सिट निर्धारण, न्याम्सले पायो १ सय २८ सिट (सूचीसहित)

नेपालभ्युज

चिकित्सा शिक्षा स्नातकोत्तरको सिट निर्धारण, न्याम्सले पायो १ सय २८ सिट (सूचीसहित)

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/८२ का लागि  स्नातकोत्तर कार्यक्रमको सिट निर्धारण गरेको छ ।

२३ माघमा बसेको आयोगको कार्यकारी समितिले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको सिट निर्धारण गरेको हो ।

आयोगका अनुसार सार्वजनिकतर्फ स्नातकोत्तरका विभिन्न कार्यक्रमका लागि विभिन्न शैक्षिक संस्थालाई ७ सय ९५ सिट र निजी मेडिकल कलेजलाई भने १ हजार ४० सिट बाँडफाँट गरिएको छ ।

सिट बाँडफाँट अनुसार महाराजगञ्ज मेडिकल क्याम्पसले विभिन्न विद्यामा गरी १ सय २३ सिट पाएको छ  ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विधामा गरी १ सय ९० सिट पाएको छ ।

यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले १ सय २८ सिट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७४ सिट पाएका छन् ।

त्यसैगरी नर्सिङ तर्फ महाराजगञ्ज नर्सिङ क्याम्पसले ४० सिट पाउँदा पोखरा नर्सिङ क्याम्पसले १२ सिट पाएको छ ।

यस्तो छ सूची-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved