प्रचण्डबारे प्रकाश शरणको टिप्पणी- पदबाट बाहिर निस्केपछि सदनमा आक्रोश पोखे

नेपालभ्युज

प्रचण्डबारे प्रकाश शरणको टिप्पणी- पदबाट बाहिर निस्केपछि सदनमा आक्रोश पोखे

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले पूर्व प्रधानमन्त्री तथा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनमा आक्रोश पोखेको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले पदबाट बाहिर निस्केपछि प्रचण्डले सदनमा आक्रोश व्यक्त गरेको टिप्पणी गरेका हुन् ।

एकदलीय व्यवस्था स्थापित गर्न माओवादीले युद्ध लडेको भन्दै उनले सबैको पहलका कारण माओवादी बहुदलीय व्यवस्थामा आएको जिकिर गरे  ।

उनले लगानी बढाउनका लागि नै सरकारले अध्यादेश ल्याएकाले सबै एकमत हुनुपर्ने धारणा समेत राखे ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved