महिला टी–२० त्रिकोणात्मक क्रिकेट

थाइल्याण्डको अपराजित यात्रा टुङ्गियो, नेदरल्याण्ड्ससँग १ विकेटले पराजित

नेपालभ्युज

थाइल्याण्डको अपराजित यात्रा टुङ्गियो, नेदरल्याण्ड्ससँग १ विकेटले पराजित

काठमाडौं । महिला टी–२० त्रिकोणात्मक क्रिकेट प्रतियोगितामा थाइल्याण्डको अपराजित यात्रा टुङ्गिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा थाइल्याण्ड नेदरल्याण्ड्ससँग १ विकेटले पराजित भएको हो ।

अन्तिम बलमा २ रन रोक्न नसक्दा थाइल्याण्डले पहिलो हार व्यहोर्‍यो भने नेदरल्याण्ड्सको यो चौथो जित हो ।

थाइल्याण्डले दिएको ११० रनको लक्ष्य नेदरल्याण्ड्सले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेदरल्याण्ड्सका लागि फीबे मोल्केनबोएरले ३२ रन बनाइन् । रोबिन राइकेले २० र स्टेरे कालिसले १४ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

सिल्भर सीगर्स ७ र इसाबेल भान डर वोनिङ ५ रनमा अविजित रहिन्  ।

सिल्भर र इसाबेलले अन्तिम बलमा २ रन जोड्न सफल हुँदा जारी सिरिजमा नेदरल्याण्ड्स थाइल्याण्डमाथि जित सुनिश्चित गर्न सफल भयो ।

थाइल्याण्डका लागि थिपाचा पुथ्थावोंगले ४ विकेट लिइन् । ओनिचा कामचोम्फुले ३ र फन्निता मायाले २ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्डले पूरै २० ओभर खेलेर ५ विकेटको क्षतिमा १०९ रन बनाएको थियो ।

थाइल्याण्डका लागि नत्तकन चन्थम ३६ रनमा अविजित रहिन् । चानिदा सुतीरुआंगले ३२ रन तथा नारुएमोल चाइवाईले १५ रनको योगदान गरिन् ।

नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङले ३ विकेट लिइन् । हेदर सीगर्सले भने २ विकेट लिइन् ।

अब शुक्रबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved