आफ्नो नेतृत्वमा सरकार बने बिचौलिया र राजनीतिको गठजोड भत्काउने प्रचण्डको दाबी 

नेपालभ्युज

आफ्नो नेतृत्वमा सरकार बने बिचौलिया र राजनीतिको गठजोड भत्काउने प्रचण्डको दाबी 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अपराधका फाइल लुकाएको आरोप लगाउँदै आफ्नो नेतृत्वमा सरकार बनेपछि ती सबै खोलेर बिचौलिया र राजनीतिको गठजोड भत्काउने बताएका छन् ।

प्रतिनिधि सभाको जारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकारसँग जनता दुःखी र बिचौलियाहरू खुशी भएको बताएका हुन् ।

‘स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईहरूले पाएको उन्मुक्ति स्थायी हुनेछैन । तपाईंहरुले कब्जा गरेका राज्यका स्रोत र संशाधन सधैंका लागि हुने छैनन् । म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु– यी फाइलहरू फेरि खोलिनेछन् । जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौं यी अपराधका फाइल । फेरि सुरु गर्नेछौं लोकतन्त्रको सर्भिसिङ र सुशासन । फेरि भत्काउनेछौं, विचौलिया र राजनीतिको गठजोड ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved