तीन दिनमा ५७ सय रुपैयाँले बढ्यो सुनको भाउ

नेपालभ्युज

तीन दिनमा ५७ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । सुनको मूल्य पछिल्लो तीन दिनदेखि लगातार बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेको छ ।

आज सुन तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सुन पछिल्लो तीन दिनमा ५ हजार ७ सय रूपैयाँले बढेको छ । यसअघि बुधबार सुन तोलामा २२ सय र मङ्गलबार १९ सय रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । चाँदी तोलामा ५ रूपैयाँले बढेर १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved