राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले प्रशंसनीय काम गरेको छ : वर्षमान पुन

नेपालभ्युज

राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले प्रशंसनीय काम गरेको छ : वर्षमान पुन

डडेल्धुरा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल–भारत सीमास्थित डडेल्धुराको पर्शुराम नगरपालिका–५ परी गाउँमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)को निरीक्षण भ्रमण गरेका छन् ।

त्यस क्रममा पुनले राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीले खेलिरहेको भूमिका, सीमा सुरक्षा तथा निगरानी लगायत विषयमा जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

सीमित साधन–स्रोतमा पनि सशस्त्र प्रहरीले सीमा सुरक्षा र राजस्कव चुहावट नियन्त्राणमा प्रशंसनीय काम गरेको भन्दै उनले सशस्त्र प्रहरीलाई थप साधन–स्रोत सम्पन्न बनाउन आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

निवर्तमान अर्थमन्त्री पुनले चालु आर्थिक वर्षको बजेटमा आफूले सशस्त्र प्रहरी बललाई थप सुदृढ र प्रभावकारी बनाउन बजेट वृद्धि गरेको स्मरण गरे ।

परिगाउँबाट नेपाली सर्वसाधारण महाकाली नदीमा डुङ्गा चढेर सीमावर्ती भारतीय बजार टनकपुरमा दैनिकजसो उपभोग्य सामन खरिद, औषधि उपचार तथा रोजगारीका लागि जाने गर्दछन् ।

डडेल्धुरास्थित सशस्त्र प्रहरीको ५२ नम्बर गुल्मअन्तर्गत नेपाल–भारत सीमामा ५ वटा बीओपी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved