संसद् बैठकअघि अध्यादेशबारे औपचारिक निर्णय गर्दै जसपा नेपाल

नेपालभ्युज

संसद् बैठकअघि अध्यादेशबारे औपचारिक निर्णय गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ ।

जसपा नेपालले बिहान ११ बजे संसदीय दलको बैठक राखेर अध्यादेशबारे निर्णय लिने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

अध्यादेश अध्ययन कार्यदलले आज (बिहीबार) बिहान ९ बजे प्रतिवेदन बुझाएको उनले जानकारी दिए ।

पार्टीका उपाध्यक्ष राजकिशोर यादव संयोजकत्वको कार्यदलले अध्यादेशबारे विज्ञहरूसँग छलफल गरी प्रतिवेदन तयार पारेको थियो । त्यो अध्यक्ष उपेन्द्र यादवलाई बुझाइएको हो ।

आज दिउँसो १ बजेपछि दुवै संसदका दुवै सदनको बैठक बस्नेछ । यही माघ १८ गते संसदमा पेस भएका अध्यादे आज पारित गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभामा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै पनि बहुमत पुग्छ । राष्ट्रियसभामा भने बहुमत पुग्न यादव नेतृत्वको जसपा नेपाल निर्णायक छ । यसैले आज संसद् बैठकअघि नै जसपा नेपालले अध्यादेश स्वीकार गर्ने वा अस्वीकार गर्ने विषयमा निर्णय गर्न लागेको हो ।

सरकारले ल्याएका ६ मध्ये भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालभित्र असहमति रहेको बताइएको छ ।

संसद्का दुवै सदनबाट आज ६ वटा अध्यादेश पारित गर्ने कार्यसूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved