कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, ११ जना घाइते

नेपालभ्युज

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, ११ जना घाइते
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् ।

त्यहाँको सानदार मःम पसलमा बिहीबार बिहान ग्यास सिलिन्डर विष्फाेट भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले नेपालभ्युजलाई जानकारी दिए ।

घाइतेमध्ये एक जनको अवस्था गम्भीर रहेको सूचना अधिकारी खनालको भनाइ छ । घाइतेहरू सबै मःम पसलमा काम गर्ने मजदुर रहेको बताइएको छ ।

‘घाइतेहरूलाई सुरुमा नजिकैको हिमाल अस्पताल लगिएको थियो । थप उपचार गर्न जरुरी भएकालाई कीर्तिपुर अस्पताल लगिएको छ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved