आहा रारा पोखरा गोल्डकप फुटबल

मछिन्द्रले एपीएफलाई हरायो

नेपालभ्युज

मछिन्द्रले एपीएफलाई हरायो

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ ।

पोखरा रङ्गशालामा बुधबार भएको खेलमा मछिन्द्रले एपीएफलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

मछिन्द्रका लागि आदित्य शाक्य र स्टेफेन कमाहले गोल गरे ।

खेलको ७३औं मिनेटमा मछिन्द्रका लागि आदित्यले गोल गरे । ८१औं मिनेटमा स्टेफनले मछिन्द्रका लागि गोल गरे ।

मङ्गलबार उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved