झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा भेरी नदीमा खसे दुई कामदार

नेपालभ्युज

झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा भेरी नदीमा खसे दुई कामदार
फाइल फोटो

काठमाडौं । सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार खसेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पूर्वीरुकुमको सिस्ने गाउँपालिका–२ घर भएका २४ वर्षीय अनिल घर्ती र सोही स्थानका १८ वर्षीय अर्जुन घर्तीमगर छन् ।

बुधबार दिउँसो साढे १ बजेतिर झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा नदीमा खसेको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved