काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको सोमबारको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ ।
सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन ।
मङ्गलबार बिहान ११ बजे पुनःवार्ता बस्ने गरी केहीबेर अघि वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए । ‘सोमबारको वार्ता सकारात्मक भयो तर कुनै निष्कर्ष निस्किएको छैन, मङ्गलबार ११ बजे पुनः बस्ने सहमति भएको छ,’ उनले भने ।
वार्ताका क्रममा आन्दोलनरत पक्षले केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत गरेकाे जनाइएको छ ।
पाथीभरा केबलकार विवाद : सरकारी वार्ता टोलीले गर्यो आन्दोलनरत पक्षसँग छलफल
Facebook Comment
Comment