ट्रम्प भन्छन् – युरोपेली सङ्घले अमेरिकाको फाइदा उठाएको छ, कर लगाउँछौँ

नेपालभ्युज

ट्रम्प भन्छन् – युरोपेली सङ्घले अमेरिकाको फाइदा उठाएको छ, कर लगाउँछौँ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमा ‘छिट्टै’ कर लगाउने बताएका छन् ।

उनले भनेका छन्, “युरोपियन युनियनले अमेरिकाको फाइदा उठाएको छ ।”

ट्रम्पले भने, “उनीहरूले हाम्रा कारहरू लिँदैनन्, हाम्रा कृषि उत्पादनहरू किन्दैनन्, तिनीहरूले हामीबाट लगभग केही पनि लिँदैनन्। हामी तिनीहरूबाट लाखौं कारहरूदेखि लिएर ठूलो परिमाणमा खाद्यान्न र कृषि उत्पादनहरू लिन्छौं।”

युरोपेली सङ्घमा कर लगाउने समयसीमा छ कि छैन भनेर बीबीसीले सोध्दा ट्रम्पले भने, “म यो समयसीमा छ भनेर भन्न सक्दिनँ, तर छिट्टै लगाइनेछ।”

उनले भने, “विश्वका प्राय: सबै देशले अमेरिकालाई धोका दिएका छन् । हामी लगभग हरेक देशसँग घाटामा छौं र हामीले यसलाई परिवर्तन गर्नुपर्छ। यो ठीक होइन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved